दफा २१
सपुर्दगी सम्बन्धमा लागू हुने विशेष व्यवस्था

(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सपुर्दगीको लागि अनुरोध गर्दाका बखत उल्लेख गरिएको कसूरको सम्बन्धमा कारबाही चलाउने बाहेक फरार अभियुक्त वा कसूरदारलाई अन्य कुनै कसूरमा अभियोग लगाउन वा सजाय गर्न पाइने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सपुर्दगीका लागि अनुरोध गर्दाका बखत उल्लेख गरिएको कसूरसँग सम्बन्धित सानो प्रकृतिको अन्य कसूरमा समेत कारबाही चलाउनु परेमा नेपाल सरकारको सहमति लिई माग गर्ने राज्यले त्यस्ता अभियुक्त वा कसूरदारको विरुद्धमा कारबाही चलाउन सक्नेछ ।